स्वर्गीय खिमलाल सुवेदीको स्मृतिमा उनकी छोरीहरू हाल पोर्चुगलमा कार्यरत ललिता सुवेदी र जापानमा कार्यरत वर्षा सुवेदीले श्री चमुवा आधारभूत विद्यालयका लागि एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।
विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्थापना गरिएको सो अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
यस अक्षयकोष घोषणा गर्ने औपचारिक कार्यक्रम ललिता सुवेदीकी सासु आमाको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नवीन सुवेदीले विद्यालयको गुणस्तर वृद्धि र विपन्न विद्यार्थीको सहयोगका लागि यो अक्षयकोषले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विदेशमा रहँदै पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउने ललिता र वर्षा सुवेदीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो
सोही अबसरमा रकम हस्तान्तरण गर्ने उहाँकी धर्मपत्नी पुर्णकलि सुवेदीले प्रदान गर्नुभएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक नवीन सुवेदीको अध्यक्षता, सञ्चालक धनप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो


