Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

शनिबारदेखि वर्षा क्रमशः कमजोर हुने, आज धेरै स्थानमा मध्यम वर्षा

Advertisement

Advertisement

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले निरन्तर वर्षा भइरहेका बेला शनिबारदेखि भने वर्षा केही कम हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज (शुक्रबार) देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ। विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ। आज राति भने कोशी र सुदूरपश्चिमका क्षेत्रमा मात्रै भारी वर्षा हुने पूर्वानुमान छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपाल नजिक सरिरहेको र पूर्वतर्फ भारतमै रहेको बताइएको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले पछिल्ला दिनहरूमा लगातार बादल लाग्ने र वर्षा हुने क्रम जारी छ।

तर, शनिबारदेखि मनसुनी गतिविधि केही कम हुने मौसमविद्हरूको प्रक्षेपण छ। मौसमविद् गोविन्द झाले पनि शनिबारदेखि नेपालमा मनसुन अलिकति कमजोर हुने जनाएका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.