Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

मोन्था चक्रवातको प्रभावः शनिबारसम्म वर्षा र हिमपातको चेतावनी

Advertisement

Advertisement

काठमाडौँ उपत्यकासहित देशका पूर्व र मध्य क्षेत्रका धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको समेत महाशाखाले बताएको छ ।

महाशाखाले आगामी शनिबारसम्म वर्षा र हिमपात निरन्तर रहन सक्ने जनाउँदै यसबाट दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विशेषगरी कोशी, मधेश र बागमतीका सबै जिल्लाहरू साथै दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लाका बासिन्दालाई बढी सतर्क रहन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार हाल देशमा बंगालको खाडीमा विकसित मोन्था चक्रवात, पश्चिमी वायू प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय प्रभाव सक्रिय रहेको छ, जसका कारण देशभर वर्षा र हिमपातको स्थिति सिर्जना भएको हो ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.