Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

नेपालमा मनसुन कमजोर, आगामी तीन दिन ठूलो वर्षा नहुने

Advertisement

Advertisement

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर (भारततिर) सरेपछि नेपालमा मनसुनको प्रभाव केही कमजोर भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्ला दिनजस्तो भारी वर्षा अबको तीन दिनसम्म पर्ने सम्भावना छैन।

मौसमविद् डेभिड ढकालका अनुसार, हिजोअस्तीसम्म न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर (नेपालतिर), विशेषगरी तराई–मधेशको सिधा माथि रहँदा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको थियो। “पानी पर्दै नपर्ने होइन, तर हिजोअस्तिजस्तो ठूलो पानी आउने देखिँदैन,” ढकालले भने।

उनका अनुसार आगामी दिनमा तराई–मधेशको तुलनामा पहाडी क्षेत्रमा अलि बढी पानी पर्नेछ।

आजको पूर्वानुमान
आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति गण्डकी प्रदेशका पहाडी तथा तराई भाग, साथै बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने विभागको पूर्वानुमान छ।

विभागले वर्षा हुने सम्भावना रहेको स्थानमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.