Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

नीलुवा समाज जापानद्वारा तीजको दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Advertisement

Advertisement

टोकियो/जापान। नीलुवा समाज जापानले यही अगस्ट १८ (सोमबार) का दिन टोकियोस्थित नेपाली भान्स घर रेस्टुरेन्टमा तीजको दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

परदेशमा रहेर संस्कृतिको जगेर्ना

“सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान” भन्ने मूल नाराका साथ २०१५ मा स्थापना भएको नीलुवा समाज जापानले विदेशमै बसेर पनि नेपाली संस्कृति, परम्परा र आपसी एकता मजबुत बनाउन निरन्तर कार्यक्रम गर्दै आएको छ। यसै क्रममा तीज पर्वको अवसरमा दर खाने कार्यक्रम आयोजना गरिएको हो।

अध्यक्ष सुबेदीको अध्यक्षता

समाजका अध्यक्ष मोहनराज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा संरक्षक भोजेन्द्र सुबेदी प्रमुख अतिथि थिए भने धनकाली शर्मा विशिष्ट अतिथि रहेका थिए। कार्यक्रम सञ्चालन महासचिव भूमीराज सुबेदी (ठीटो)ले गरेका थिए भने सचिव बीपी सुबेदी (जलन)ले स्वागत मन्तव्य दिएका थिए।

प्रेरणादायी सन्देश

संस्थापक अध्यक्ष भोजेन्द्र सुबेदीले समाजमार्फत गरिएको योगदानले नयाँ पुस्तालाई प्रेरणा र हौसला मिलेको बताए। वरिष्ठ उपाध्यक्ष हरिप्रसाद सुबेदीले संस्थाको विकासका लागि अझै दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।

उपाध्यक्षद्वयको गर्व

उपाध्यक्ष गंगाराम सुबेदी (जीआर) र दीपक सुबेदी (बिप्लव)ले परदेशमा रहेर पनि संस्कृतिको संरक्षण गर्दै कार्यक्रम निरन्तर आयोजना गर्दै आएकोमा गर्व व्यक्त गरे। कोषाध्यक्ष विष्णु शर्मा (भूमिराज)ले नीलुवा समाजले सामुदायिक महत्व बोकेका पर्व तथा चाडपर्वमा निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिए।

उपस्थिती र धन्यवाद

सल्लाहकार समिति सदस्य विष्णु सुबेदीले कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबैलाई धन्यवाद दिँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम गर्दै लैजाने प्रतिबद्धता जनाए।

कार्यक्रममा करिब १०० जना सहभागी भएको समाजले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.