Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

बालुवा काण्डमा पालिका मौन, आक्रोशित युवाले लगाए ताला

Advertisement

Advertisement

बागलुङ

बडिगाड गाउँपालिकामा अवैध बालुवा उत्खन्नको विषय सतहमा आए पनि पालिकाले स्पष्ट धारणा नदिँदा युवाहरू आक्रोशित बनेका छन् । यही कारण सोमबार उनीहरूले गाउँपालिका कार्यालयमै तालाबन्दी गरेका हुन् ।

बडिगाड गाउँपालिका–५ का प्रदीप खरेलले बडिगाड खोलाबाट मध्यरातमा बालुवा उत्खन्न भइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै विषयले व्यापक चर्चा पाएको हो । सो घटनापछि जेन्जी आन्दोलन नजिकै पनि स्थानियले रंगेहात उत्खन्न देखेपछि विवाद झन् चर्किएको हो ।

युवाहरूले पालिकामाथि मिलेमतोको आरोप लगाउँदै भने, “भिडियो सार्वजनिक भएको एक हप्ता नाघ्दा पनि कुनै विज्ञप्ति जारी भएन, कारबाहीको प्रक्रिया अघि बढाइएन । छलफलका लागि पुग्दा अध्यक्षदेखि प्रशासकिय अधिकृतसम्म कार्यालयमै नभेटिनु मिलेमतोबाहेक अरु केही होइन।”

यसैबीच, गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत चण्डीराज पौडेलले अवैध उत्खन्नमा संलग्न जो कोहीमाथि कानुनी कारबाही हुने आश्वासन दिएका छन् । उनका अनुसार पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृत मौखिक जानकारी दिएर विदामा रहेका छन् र सबैको रोहबरमा छलफल गर्ने तयारी भइरहेको छ ।

तर, युवाहरूले असोज ३ गते सार्वजनिक बिदाको दिन छलफलमा बोलाइएकोप्रति आपत्ति जनाउँदै बैठकलाई अस्वीकार गरेका छन् । उनीहरूले तत्काल सर्वदलीय र सर्वपक्षीय भेलाबाट मात्र समाधान खोज्नुपर्ने मागसहित तालाबन्दी गरेका हुन् ।

युवाहरूले प्रदीप खरेलकै समूह विगतमा पनि बालुवा उत्खन्नमा संलग्न भएको आरोप लगाएका छन् । तर पालिकाले अनुगमन नगरेको र संवेदनशील विषयमा मौन बसेको भन्दै स्थानियमा आक्रोश फैलिएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.