Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

तीन दिनसम्म हिमपात र वर्षाको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

Advertisement

Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिनसम्म हिमपात हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनमा देशमा पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको उल्लेख छ।

सोही प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसका साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी पनि जारी गरिएको छ।

महाशाखाले सम्भावित हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भन्दै सर्वसाधारण र सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.