
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् ।
गएराति सिंगापुर एयरलाइन्समार्फत् काठमाडौंबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा दुवै जना ह्विलचेयरमा देखिएका थिए ।
देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन् ।
भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा जेन–जेड आन्दोलनका क्रममा भएको घटनामा उनीहरूमाथि कुटपिट र आगजनी भएको थियो ।
त्यसयता लामो समय सार्वजनिक नदेखिएका उनीहरू असोज २८ गते पार्टीको केन्द्रीय समिति बैठकमा मात्र उपस्थित भएका थिए ।
देउवाले हाल कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।


