Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Advertisement

Advertisement

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज नेपालका विभिन्न पहाडी र हिमाली भू–भागमा वर्षासहित हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षासहित हिमपात हुन सक्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा पनि हल्का वर्षा पर्न सक्ने सम्भावना छ।

राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र सामान्यतया बदली रहने र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशसहित देशका अन्य भागमा भने आंशिक बदलीबाट मौसम क्रमशः सफा हुने महाशाखाको भनाइ छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.