काठमाण्डौ – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। उनलाई बुधबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट नियन्त्रणमा लिइएको हो।
राष्ट्र बैंकको प्रतिवेदनसहित विभिन्न प्रमाणका आधारमा बैंकिङ कसूरमा संलग्नता देखिएको भन्दै सीआईबीले शेरचनलाई पक्राउ गरेको जनाएको छ।
यसअघि, कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मार्दै ९८ करोड रुपैयाँ ठगीसम्बन्धी उजुरीका लागि आवश्यक ठहरिएका विभिन्न कागजातहरू नियन्त्रणमा लिएको थियो। उक्त उजुरी बैंकका म्यानेजमेन्ट समिति अध्यक्ष कुसुम लामाले दिएकी हुन्।
यसै प्रकरणमा सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि पक्राउ गरिसकेको छ। उनी भने हाजिर जमानीमा रिहा भइसकेका छन्।


