काठमाडौँ – सरकारले भोलि आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको पहिलो बजेट भएकाले यसप्रति आम नागरिकको विशेष चासो देखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको वाचापत्रलाई आधार मानेर बजेट तयार पार्नुभएको बताइएको छ । यसपटकको बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, प्रविधि तथा राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा अघि बढाउने तयारी गरिएको छ । अधिकांश सरकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने योजना पनि बजेटमा समेटिने जनाइएको छ ।
भोलि दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुहुनेछ ।
रास्वपा सरकारको पहिलो बजेट भोलि सार्वजनिक हुँदै


