Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

साहित्य

Advertisement

Advertisement

गल्कोट सम्झँदा मन पनि मुस्कुराउँछ,
पर्खाल पुराना भित्र इतिहास गुनगुनाउँछ।

गुम्ते शिखर चढ्दा सपना उचाइ पाउँछ,
तल बग्ने खोला पनि गीतहरू सुनाउँछ।

दरबार छ एकान्तमा, मौनता बोकेको,
हावासँगै कहिले काँही विगत सम्झाउँछ।

कोटमैदानमा झुम्दा जात्रा र नाचहरू,
माटोको माया भित्र हर्षले रमाउँछ।

विदेश गएका छोराहरू फर्कंदा रोए,
आमाको आँखाले गल्कोटै सजाउँछ।

— ल्युजर शर्मा
प्रकाशित: 2082/03/28

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.