
गल्कोट सम्झँदा मन पनि मुस्कुराउँछ,
पर्खाल पुराना भित्र इतिहास गुनगुनाउँछ।
गुम्ते शिखर चढ्दा सपना उचाइ पाउँछ,
तल बग्ने खोला पनि गीतहरू सुनाउँछ।
दरबार छ एकान्तमा, मौनता बोकेको,
हावासँगै कहिले काँही विगत सम्झाउँछ।
कोटमैदानमा झुम्दा जात्रा र नाचहरू,
माटोको माया भित्र हर्षले रमाउँछ।
विदेश गएका छोराहरू फर्कंदा रोए,
आमाको आँखाले गल्कोटै सजाउँछ।


