आज किन देशको माटो……………..
आज किन देशको माटो चुमु चुमु लाग्यो ।
देशकै लागी दिन रात झुमु झुमु लाग्यो ॥
पहाडको पहरमा लाली गुराँस फुल ।
अमृत जस्तै पानी झर्ने झरनाको मुल ॥
आकाश भरि ताराहरु धर्ति हासै माता ।
वीर सगै गाउन मन छ गौरवको गाथा ॥
हिमाल हेयों सुन जस्तै, सुनौलो हर दिन ।
तराई पनि अति सुन्दर, स्वर्ग कहां किन ॥
जताततै खोला नाला हरियाली जंगल ।
डुब्न देउ सुर्य सदा सोचौ देशको मंगल ॥
देशको माटो सुनसरी सबै फल्छ रोपे ।
रोप्नु पर्यो मिलिजुलि के हुन्छ र रोके ॥
विविधता भित्र भित्र सोचले मात्र हुन्छ ।
देश भक्त मन यहां अनेक सपना गुन्छ ॥
अनेक थरी फुलहरु फुल्ने हाम्रो देश ।
अनेक अनेक पहिचान अनेक छन् भेष ॥
जात जाती अनेक थरी माला बन्छ एउटै ।
स्वर्ग छाडी जीवन भरि बसि दिउ जस्तै ॥


