Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

आमा

Advertisement

Advertisement

सात वर्षको उमेरमै आमाको हात छुट्यो,
काखको न्यानोपन सम्झनामा मात्र बाँकी रह्यो।
घरको आँगन एकाएक सुनसान बन्यो,
हासोभन्दा आँसु बढी बोल्ने भयो।

बाबु र म मात्र थियौँ, मौनको संगतमा,
दुई मुटु एउटै पीडामा बाँधिएका।
दश वर्ष एक्लोपनसँगै हुर्किएँ म,
रातहरू प्रश्नले भरिन्थे, उत्तरविहीन।

खेल्ने उमेरमा जिम्मेवारीले काँध छोयो,
सानो मन छिट्टै ठूलो बनाइयो।
बाबुको पसिनामा भविष्य देख्थेँ,
थाकेका आँखामा सपना झल्किन्थे।

किताब मेरो साथी बन्यो ती दिनमा,
अक्षरहरूले घाउमा मलम लगाए।
इँटा–ढुंगा मनमै सजाएर,
घर होइन, आशाको नक्सा कोर्थेँ।

समय बग्यो, म पढाइमा डुबिरहेँ,
कलमले रेखा तान्दै सपना उभ्याएँ।
आर्किटेक्ट बनेर संरचना रचेँ,
आईटी इन्जिनियर भई प्रविधि बुझेँ।

आमाको अभावले दिएको पीडा,
आज सफलतामा रूपान्तरण भयो।

L.B Red

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.