के तपाई सग “के छ………
यदि यो सपना हो भने यसलाई साकार हुने अवसर दिनुहोस् ।
यदि यो वाक कला हो भने यसलाई नेतृत्व गर्ने अवसर दिनुहोस् ।
यदि यो अँध्यारो हो भने यसलाई उज्यालो देख्ने अवसर दिनुहोस् ।
यदि यो चिच्याहट हो भने यसलाई गीत बन्ने मौका दिनुहोस् ।
यदि यो दृश्य हो भने यसलाई प्रदर्शन हुने अवसर दिनुहोस् ।
यदि यो विरुवा हो भने यसलाई माटोमा फक्रने अवसर दिनुहोस् ।
यदि यो कुविचार हो भने यसलाई त्याग्ने अवसर दिनुहोस् ।
यदि यो आफन्त हो भने यसलाई ओत लाग्ने अवसर दिनुहोस् ।
यदि यो रिसको फोका हो भने यसलाई मर्ने अवसर दिनुहोस् ।
यदि यो लोभ हो भने यसलाई परित्यागको अवसर दिनुहोस् ।
यदि यो एकान्त हो भने यसलाई सगीत बन्ने अवसर दिनुहोस् ।
यदि यो असल साथी हो भने यसलाई आत्मैबाट सम्मान दिनुहोस् ।
यदि यो मरुभुमि हो भने कुनै देशभक्त लाई अवसर दिनुहोस् ।
यदि यो घृणा हो भने कुनै सत्रुलाई चाख्ने अवसर दिनुहोस् ।
यदि यो कुनै बाजी हो भने रवि दाई लाई चिहाउने अवसर दिनुहोस् ।
यदि यो केहि होइन् भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिनुहोस् ।
एल. बि. रेड (लाल बहादुर नेपाली)


