गजल
समस्याहरू छन् हजारौँ हजार,चिन्ता लाग्छ
छैन् देशमा रोजगारको आधार,चिन्ता लाग्छ
डिग्री पास गरेको प्रमाणपत्र बाकसमा राखेर,
जानुपर्दाखेरि दुबई साउदी कतार,चिन्ता लाग्छ
हिजो कहाँ थियो आज कहाँ पुगिसक्यो देश,
साँध मिचिएको आउँदा समाचार,चिन्ता लाग्छ
नियम कानुन सबैलाई बराबर हो भन्छ भाषणमा,
भष्टचार आफै गरी हिँड्छ सरकार,चिन्ता लाग्छ
बुद्ध बनाउँला सोंचेको थिएँ छोरालाई हिटलर भो,
कलमको साटो लिएर घुम्छ तरबार,चिन्ता लाग्छ।


