चर्चित गायिका रेखा थापा मगर र शान्ति परिवारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत “छ नी मनमा पिर” सार्वजनिक भएको छ। गीतमा प्रेमसँग सम्बन्धित वेदना र सामाजिक भावनालाई चित्रण गरिएको छ।
गीतको शब्द र लय दुवै रेखा थापा मगरकै सिर्जना हो। सहायक स्वरका रूपमा राजिव गाउले, हस्त बोगटी, तुलसी बिक र कल्पना मल्लले साथ दिएका छन्।
संगीतको अडियो रेकर्ड प्रकाश लामाले गरेका हुन् भने भिडियोतर्फ शिव पराजुली र नवीन न्यौपानेले छायांकन गरेका छन्। भिडियोको सम्पादन तथा अन्तिम निर्माण कार्य मञ्जरी लाइभ स्टुडियो, सामाखुसी–काठमाडौंमा सम्पन्न गरिएको हो।
गीतमार्फत सिर्जनाकर्मीहरुले नेपाली लोकदोहोरी संगीतलाई अझ सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सम्पूर्ण भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: YouTube मा हेर्नुहोस्


