Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गल्कोट उधोग बाणिज्य संघको सदस्यता खुल्ला

Advertisement

Advertisement

गल्कोट (बागलुङ) — गल्कोट उद्योग वाणिज्य संघले आफ्ना साधारण सदस्यहरूको सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै खुला गरेको छ। संघको कार्यक्षेत्रभित्र उद्योग, पेशा र व्यवसाय सञ्चालन गर्दै आएका ती उद्यमी/व्यवसायी जसले पहिले नै संघको सदस्यता लिइसकेका छन्, उनीहरूले यस आर्थिक वर्षको सदस्यता यही असोज मसान्तभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने संघले जनाएको छ।

त्यस्तै, संघमा अझै दर्ता नभएका तर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका इच्छुक व्यवसायीका लागि पनि नयाँ सदस्यता खुला गरिएको छ। साधारण सदस्यताका साथै इच्छुक उद्यमी/व्यवसायीहरूले संघको नियमावलीअनुसार आजीवन सदस्यता लिन सक्ने व्यवस्था पनि गरिएको छ।

संघका अध्यक्ष ढालेन्द्र प्रसाद गौतम र महासचिव श्यामसुन्दर भण्डेलले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा समयमै सदस्यता नवीकरण र नयाँ सदस्यता लिन चाहने व्यवसायीहरूलाई तोकिएको म्यादभित्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

अध्यक्ष :९८५७६२६६२३ महासचिव:९८५७६३९१४६

 

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.