
हिडेऊ तिमि तर्किएर, आयो या मन झर्किएर । नजाऊ त्यसै मर्किएर, हेरि देउन् फर्किएर ॥ २
चन्द्रमुखी मुहार तिम्रो मुस्कान देऊ हर्किएर । एउटा चप्पल लगाई हिड्छु प्रेम हाम्रो लकिएर ॥
खुट्टा मेरो लगंडो छ तिमिलाई हेर्दा मर्किएर । मन मेरो थिरमा छैन प्रेम गाठो सर्किएर ॥
पागल हुन लागे म त, मगज मेरो थर्किएर । चैत पनि साउन भो, मनमा आँसु दर्किएर ॥
देख्छु तिमिलाई देबाटोमा हिडिहाल्छौ तर्किएर । सिधै हेर्दा पर्छ वज्रपात हेर्छु थोरै कर्किएर ॥
पसिनाको खोलो बग्यो सुर्य किरण चर्किएर । हिडेऊ तिमि तर्किएर, आयो या मन झर्किएर ।
आत्मै बाट प्रेम गरे आफ्नो भन्ने सम्झिएर । गन्तव्यमा पुग्नै पर्ने लागे म त लम्किएर ॥
हिडेऊ तिमि तर्किएर, आयो या मन झर्किएर । नजाऊ त्यसै मर्किएर, हेरि देउन् फर्किएर ॥
एल. बि. रेड (लाल बहादुर नेपाली)


