Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

गलकोटमा शिक्षक महासंघद्वारा धर्ना तथा ध्यानाकर्षणपत्र बुझाइ

Advertisement

Advertisement

गलकोट । विद्यालय शिक्षा विधेयक–२०८० का केही बुँदामा असहमति जनाउँदै नेपाल शिक्षक महासंघले शुक्रबार देशव्यापी कार्यक्रमअनुसार गलकोट नगरपालिकामा धर्ना तथा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघलगायतका संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा प्रशासकीय अधिकृत रामचन्द्र शर्मालाई ध्यानाकर्षणपत्र बुझाइएको थियो।

कार्यक्रममा बोल्दै महासंघका उपमहासचिव पुष्कर सापकोटाले गत वर्ष २९ दिन लामो आन्दोलन गर्दा पनि सरकारले गम्भीरतापूर्वक समस्या समाधान गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले प्रस्तावित विधेयकमा शिक्षकलाई स्तरीय तहमा राख्ने व्यवस्था हटाउनुपर्ने र शिक्षकलाई संघीय कर्मचारीका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्याउनुभयो।

बुझाइएको ध्यानाकर्षणपत्रमा अस्थायी शिक्षकको स्थायीत्वका लागि आन्तरिक परीक्षामा तोकिएको प्रतिशतप्रति असहमति, गोल्डेन हेन्डसेक अन्तर्गत दिने रकम स्पष्ट नहुनु, स्थायी शिक्षकको बढुवा प्रबन्धको अभाव, अस्थायी अवधिको गणना नहुनु, विद्यालय कर्मचारीको पद र बेतन सुनिश्चित नहुनु, बालकक्षा र संस्थागत विद्यालय शिक्षकहरूको सेवा सुविधा स्पष्ट नहुनु, र शिक्षण सेवामा प्रवेशको उमेर ४० वर्ष पु¥याउने सहमति विधेयकमा नसमेटिएको जस्ता मागहरू उल्लेख छन्।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोट नगर कमिटीका अध्यक्ष रामबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको हो।

महासंघले आजै देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ धर्ना तथा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.