Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोट नगरपालिकामा कक्षा–१२ ग्रेडवृद्धि परीक्षामा ७९% सफलता, कुल नतिजा ८४%

Advertisement

Advertisement

गलकोट नगरपालिका, बागलुङ — नगरका कक्षा–१२ सञ्चालन भइरहेका १२ वटा विद्यालयहरूबाट ग्रेडवृद्धि परीक्षामा सहभागी ११५ जनामध्ये ९१ जना उत्तीर्ण भई ७९ प्रतिशत सफलता प्राप्त भएको छ। नियमित तथा ग्रेडवृद्धि दुवै समेट्दा यस वर्ष कक्षा–१२ को कुल नतिजा झन्डै ८४ प्रतिशत कायम भएको छ।

शैक्षिक सत्र २०८१ अन्तर्गत सञ्चालन भएको कक्षा–१२ को ग्रेडवृद्धि परीक्षाको नतिजा आज शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा सार्वजनिक गरिएको छ।
नगरका विद्यालयहरूले प्रस्तुत गरेको यस वर्षको नतिजा समग्र रूपमा सकारात्मक र उत्साहजनक देखिएको छ।

शाखाले प्रकाशित विवरणअनुसार महेन्द्र मा.वि., नवप्रभात स्कूल, न्यू लाइफ सेक. स्कूल, जनजागृति मा.वि. लगायतका विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका छन्।

शिक्षा अधिकृत शिव खड्काले नतिजाबारे प्रतिक्रिया दिँदै भने,
“यो उपलब्धि शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सामूहिक मेहनतको प्रतिफल हो। गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउन निरन्तर काम गरिनेछ।”

गलकोट नगरपालिकाले सफल विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवार सबैलाई हार्दिक बधाई एवं धन्यवाद दिएको छ।
नगरपालिकाले शिक्षाको पहुँच, गुणस्तर र नतिजा सुधारका लागि निरन्तर कार्यक्रम र सुधार योजना अघि बढाइने पनि जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.