Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोट नगरपालिका शिक्षा शाखाद्वारा प्र.अ. बैठक सम्पन्न, नगर प्रमुख गैरेको निर्देशन

Advertisement

Advertisement

गलकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा गलकोट, बागलुङद्वारा आयोजित गलकोट नगरपालभित्रका विद्यालयहरूको प्रधानाध्यापक (प्र.अ.) बैठक सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख भरत शर्मा गैरे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख गैरेले विद्यालयहरूको गुणस्तर वृद्धि तथा शैक्षिक सुधारका विषयमा महत्वपूर्ण निर्देशन तथा मार्गदर्शन प्रदान गर्नुभयो।
उहाँले शिक्षकले सिकेका ज्ञान तथा सीपको व्यवहारिक कार्यान्वयनले मात्र विद्यार्थीमा वास्तविक सिकाइ र उपलब्धि सुनिश्चित हुने उल्लेख गर्दै, आफ्नो दक्षता र क्षमताको आधारमा प्रभावकारी अध्यापन गर्न आग्रह गर्नुभयो।

नगर प्रमुखज्यूले विद्यालयमा सकारात्मक शैक्षिक वातावरण निर्माण, नवप्रवर्तनशील सिकाइ पद्धति अवलम्बन तथा विद्यार्थी–केन्द्रित शिक्षणलाई प्राथमिकतामा राख्न सबै प्र.अ.हरूलाई अनुरोध गर्नुभयो।

यस्तै, निकट भविष्यमा सम्पन्न हुन लागेको राष्ट्रपति रनिङ–शिल्ड प्रतियोगितालाई लक्षित गर्दै नगर क्षेत्रका अधिकतम विद्यार्थीको सहभागिता सुनिश्चित गर्न सम्पूर्ण विद्यालयका प्र.अ. तथा शिक्षकहरूको सक्रिय भूमिका अपरिहार्य रहेको समेत उहाँले जोड दिनुभयो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.