Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

बिमल बिश्वकर्माका चार मुक्तकहरु

Advertisement

Advertisement

मिठो खान राम्रो लाउन कति गाह्रो हुन्छ
अभावले जिन्दगी कटाउन कति गाह्रो हुन्छ
ए ! महलमा बस्नेहरू हो एक पटक सोच त?
भोको पेटमा सडकमा निदाउन कति गाह्रो हुन्छ!

हुन्छ मस्तिष्कमा हलचल,याद आईहाल्छ नी
यी नयनहरुमा हुन्छ जल,याद आइहाल्छ नी
जिन्दगीबाट बाध्यताले टाढिएको मान्छेलाई
सम्झिँदैन भन्दानी पलपल,याद आईहाल्छ नी!

जानाजानी आफैले गरेर हिँड्छ हर्कत,के भन्नु खै
सुधार गर्नै खोज्दैन् फेरि आफ्नो आदत,के भन्नु खै
जो अगुवा उही बाटोमा हगुवा भनेको जस्तो यहाँ
चुरोट पिउन हुदैँन भन्नेले नै गर्दै हिड्छ लत,के भन्नु खै?

भन्नेहरूले जेसुकै भनुन्,तयार हुने छु
दुश्मनहरुले गला काटुन,तयार हुने छु
म मरेर मेरो देश नेपाल बाँचिरहन्छ भने
देशकै खातिर बगाउन खुन,तयार हुने छु!

Bimal Bk
बाग्लुङ गल्कोट
हाल दोहा कतार

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.