Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

कक्षा १२ को नतिजा २५ साउनभित्र सार्वजनिक हुने

Advertisement

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार परीक्षा ढिलो सुरु भएकाले नतिजा प्रकाशित गर्न पनि केहि ढिलाइ हुने भएको हो।

शैक्षिक क्यालेन्डरअनुसार नतिजा १५ साउनभित्र नै सार्वजनिक गर्नुपर्ने थियो। तर गत २० चैतदेखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण परीक्षा तय मितिमा हुन सकेन, जसको प्रभाव नतिजा प्रकाशनमा पनि परेको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, “परीक्षा ढिलागरी भएकाले नतिजा पनि ढिलो हुने भयो। प्राविधिक पाटोमा अहिले धमाधम काम भइरहेको छ र २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ।”

११ वैशाखमा सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि मात्रै सुरु भएको थियो। यसपटकको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए।

बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण, अंक प्रविष्टि र नतिजा प्रणालीमा अन्तिम तयारी भइरहेको छ। निर्धारित मितिभित्र नतिजा सार्वजनिक गर्न सबै तहमा तयारी तीव्र पारिएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.