Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

कार्तिक १७ देखि गलकोट कप सुरु, आकर्षक पुरस्कारसहित प्रतिस्पर्धा

Advertisement

Advertisement

गलकोट । बागलुङको गलकोटमा गलकोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना तथा नगर भलिबल सङ्घ गलकोटको समन्वयमा प्रतियोगिता सञ्चालन गरिँदैछ।

गलकोट कपअन्तर्गत खुला वडास्तरीय भलिबल प्रतियोगिता हुने छ। उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु २ लाख १ हजार १ सय ११, द्वितीय पुरस्कार रु १ लाख १ हजार १ सय ११ र तृतीय पुरस्कार रु ५० हजार १ सय ११ रहेको आयोजकले जनाएको छ।

यसका साथै प्रतियोगिताको दोस्रो आकर्षक कार्यक्रमका रूपमा भेटान्स भलिबल प्रतियोगिता पनि हुने भएको छ। भेटान्स खेलमा प्रथमलाई रु १ लाख, द्वितीयलाई रु ६० हजार र तृतीयलाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ।

गलकोट कप कार्तिक १७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका संयोजक होम थापाका अनुसार प्रतियोगितामा खेलसँगै विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछन्।

आयोजकका अनुसार कार्यक्रममा आमा समूहको बाजा नाच, सामूहिक लोक नृत्य, एकल नृत्य, पालिका स्तरीय महिला भलिबल, माछा छोप्ने प्रतियोगिता लगायतका आकर्षण रहनेछन्। साथै, हेलिकप्टरबाट गलकोटको दृश्य अवलोकन गर्ने अवसर र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहनेछ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.