Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

भरतपुरको स्मल हेभन स्कुलको सतप्रतिशत नतिजा, ५६ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’ प्लस

Advertisement

Advertisement

भरतपुर, १८ असार। भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

स्कुलबाट ८४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४९ जना विद्यार्थीले जिपिए ३.६ देखि ४ ल्याएका छन । यस्तै २५ जना विद्यार्थीले ३.२ जिपिए देखि ३.६ र १० जना विद्यार्थीले २.८ जिपिए देखि ३.२ जिपिए ल्याएको स्कुलका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । यहाँका ५६ प्रतिशतले ल्याए ‘ए’ प्लस ल्याएका छन ।

न्यौपानेले स्मल हेभन स्कुलमा कक्षा ११ मा भर्ना खुलेको समेत जानकारी दिनुभयो । यहाँ जनरल म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट संगै कम्प्युटर साइन्सको पनि अध्यापन हुँदै आएको छ । छिटो भर्ना हुनेहरुलाई छात्रबृत्तीको पनि व्यवस्था गरेको स्कुलले जनाएको छ ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.