Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

चमुवा आधारभूत बिद्यालयमा त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Advertisement

Advertisement

चमुवा आधारभूत बिद्यालय गलकोट नगरपालिका वडा नम्वर ४ मा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नविन सुवेदीले विद्यार्थीहरुलाई टिकाई राख्न विद्यालयले विभिन्न किसिमका रणनितिहरु अपनाउदै अगाडि बढेमा विद्यालयले शैक्षिक फड्को मार्ने कुरामा जोड दिनुभएको थियो साथै शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष डिलाराम सुवेदीले सामुदायिक विद्यालयमा गलकोट नगरपालिकाले लगानी बढाउदै गएको र सोहि अनुसार विद्यालयको नतिजा राम्रो आउनुपर्ने बताउनुभएको थियो l

कार्यक्रम शिक्षक कल्पना गौतम सुवेदीको स्वागत तथा धनप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.