Niluwa Online Khabar

२०८३ जेष्ठ २३ गते
२०८३ जेष्ठ २३ गते

सत्यवती गाउँपालिकाद्वारा पहिलोपटक व्यायो गाई पालनकर्तालाई प्रोत्साहन रकम वितरण गरिने

Advertisement

Advertisement

गुल्मी

सत्यवती गाउँपालिका–८, जुगैहस्थित गाउँपालिकाको कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पशुपन्छी विकास कार्यक्रमअन्तर्गत पहिलो पटक व्यावसायिक गाईपालन शुरु गरेका किसानहरूलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार, एक गाईका लागि रू. १०,००० को दरले प्रोत्साहन दिन लागिएको हो। इच्छुक गाईपालकहरूले आगामी २०८२/४/१ देखि २०८२/४/१५ भित्र आफ्नो विवरण र आवश्यक कागजातसहित पालिकामा निवेदन दिनुपर्नेछ।

प्रोत्साहन रकम प्राप्त गर्नका लागि किसानले निम्न कागजातहरू पेश गर्नु पर्नेछ:

  1. निवेदन पत्र
  2. नागरिकताको प्रतिलिपि
  3. पहिलो पटक गाई पालन गरेको प्रमाणसहित ३ जना छिमेकीको मुखबारी
  4. वडा कार्यालयको सिफारिस
  5. गाई र गोठको फोटो
  6. निवेदकको बैंक खाताको प्रमाण
  7. भेटेनरी प्राविधिकको रिपोर्ट

यस कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ९८५७०६१९६६ मा सम्पर्क गर्न सकिनेछ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पाण्डेले हस्ताक्षर गरेको सूचना २०८२/०४/०६ मा जारी गरिएको हो।

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.