लमजुङ — लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट सोही पालिका–६ नाइचेस्थित हिडिखोला हाइड्रोपावरका लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
दुर्घटनामा जिप चालक दोलखा मेलुङ–४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।
जिप अनियन्त्रित भई सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा ल्याइए पनि उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएकाे छ।
तस्बिर :onlinekhabar


