
साउन महिनाको पवित्र अवसरमा गलकोट नगरपालिका–३ हटियास्थित बेङकटेश्वोर शिवालय मन्दिरमा साउन १९ र साउन २६ गते विशेष भजन–भक्ति कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा Rotaract Club of Galkot Baglungले सक्रिय सहभागिता जनाउनुका साथै मन्दिर व्यवस्थापनका लागि रु. ५,५५५ आर्थिक सहयोग प्रदान गरेको छ। क्लबका प्रतिनिधिहरूले समाज, संस्कृति र धार्मिक परम्पराको संरक्षणमा निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज कार्यक्रममा क्लबका अध्यक्ष नविन सुबेदीले बेङकटेश्वोर मन्दिरसँग सहकार्य गरिदिनु भएको अवसरमा मन्दिर व्यवस्थापन समितिका सदस्यहरूले “यस प्रकारका भजन–भक्ति कार्यक्रमले हाम्रो समाजमा धार्मिक एकता, सद्भाव र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान गर्छ” भन्दै धन्यवाद व्यक्त गरेका थिए।
भजन–भक्ति कार्यक्रममा उपस्थित भक्तजन, मन्दिर व्यवस्थापन समिति र सक्रिय रोट्र्याक्ट सदस्यहरूलाई विशेष धन्यवाद दिइएको थियो। यस अवसरमा मन्दिर व्यवस्थापन समितिले रोट्र्याक्ट क्लबलाई सम्मानपत्र प्रदान गरेको थियो।
समापन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्षले धन्यवाद मन्तव्य राख्दै सम्पूर्ण सहयोगी, सहभागी र भक्तजनप्रति आभार व्यक्त गरे।


