Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

सुन १ हजारले महँगियो, चाँदीले बनायो नयाँ रेकर्ड

Advertisement

Advertisement

काठमाडौं — नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँ थियो।

यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ। बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ मा कारोबार भएको चाँदी अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ। अघिल्लो दिनको तुलनामा चाँदी ५५ रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रतितोला ३ हजार ७५० रुपैयाँ मा कारोबार भएको थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा उतार–चढाव बढ्न थालेपछि नेपालमा पनि सुनचाँदीको मूल्यमा तीव्र परिवर्तन देखिन थालेको हो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.