Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

नेपाली बजारमा सुनको मूल्य तोलामा ३ लाख नाघ्यो, नयाँ कीर्तिमान

Advertisement

Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ९ सय ५० अमेरिकी डलर नाघेको छ।
विशेषगरी अमेरिकासहित विश्व राजनीतिमा देखिएका तनाव र अन्तर्राष्ट्रिय द्वन्द्व चर्किने संकेतका कारण विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाएका छन्। यसले विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि उकालो लागेको बज्राचार्यले बताए।
उता, चाँदीको मूल्य पनि बढेको छ। महासंघले शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ तोकेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँले बढी हो। यसअघि चाँदी प्रतित

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.