आगामी प्रतिनिधि सभा चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस बागलुङ–२ बाट युवा नेता देबेन्द्र कुमार घर्ती मगरलाई प्रतिनिधि सभा सदस्यका लागि आधिकारिक रूपमा सिफारिस गरिएको छ। क्षेत्रको विकास, सुशासन र युवामुखी राजनीतिक सोच बोकेर अगाडि बढिरहेका घर्ती मगरको नाम सिफारिस भएपछि स्थानीय तहदेखि पार्टी पंक्तिसम्म उत्साह थपिएको छ।
सिफारिस सार्वजनिक भएसँगै विभिन्न नेता तथा स्थानीय कार्यकर्ताहरूबाट घर्ती मगरलाई बधाई तथा शुभकामनाका सन्देशहरू आइरहेका छन्। नेपाल प्रेस युनियन बागलुङका सदस्य सुरेश छन्त्यालले समेत बधाई ज्ञापन गर्दै घर्ती मगरको समर्पण र प्रतिबद्धताले जिल्लाको राजनीतिक यात्रामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, “देश, समाज र विकासप्रतिको उहाँको समर्पणले आगामी यात्रामा सफलताको नयाँ आयाम स्थापित गरोस्।”
युवा, ईमानदार र विकासमुखी नेतृत्वका रूपमा पहिचान बनाउँदै आएका घर्ती मगरको उदयले बागलुङ–२ मा चुनावी सरगर्मी थपिएको छ। स्थानीयवासीहरूले समेत नयाँ पुस्ताको नेतृत्व अघि आउनु क्षेत्रको भविष्यका लागि सकारात्मक संकेत भएको मूल्यांकन गरेका छन्।


