Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

गल्कोट नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचना जारी

Advertisement

Advertisement

आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा भत्ता नविकरण प्रक्रियाबारे गलगोट नगरपालिकाले सूचना प्रकाशित गरेको छ।

सूचनामा जनाइएअनुसार हाल गैँडाकोट र चितवन क्षेत्रमा बसोबास गर्दै आएका गलगोट नगरपालिका कार्यालयबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई सहजता र पहुँचलाई ध्यानमा राखी तोकिएको मिति र स्थानमा नविकरण सेवा प्रदान गरिने छ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा बालबालिकासहित सबै लाभग्राहीहरूलाई तोकिएको स्थानमा अनिवार्य रुपमा उपस्थित भई नविकरण गर्न अनुरोध गरेको छ।

नविकरणका लागि अनिवार्य कागजातहरू:

नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
बच्चाको हकमा जन्मदर्ता,
राष्ट्रिय परिचयपत्र नम्बर (अनिवार्य),
अपाङ्गता भएकाको हकमा अपांगता परिचयपत्र, विधवाको हकमा पतिको मृत्युदर्ता,
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नम्बर

तोकिएका मिति, स्थान र समय:

गैँडाकोट
मिति: २०८२ भाद्र ४ गते
स्थान: होटल मानसरोवर, गैँडाकोट नगरपालिका–२, पुलचोक
समय: बिहान ८ बजे देखि

चितवन
मिति: २०८२ भाद्र ५ गते
स्थान: चौतारा पार्टी प्यालेस, भरतपुर महानगरपालिका–४, धर्मचोक, लंकु
समय: बिहान ८ बजे देखि

सूचनामा लाभग्राहीहरूले अनिवार्य रुपमा तोकिएको स्थान र समयमा उपस्थित भई नविकरण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.