Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

पाण्डवखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

Advertisement

Advertisement

बागलुङको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सुनपानी टोल सुधार समितिका टोल अध्यक्ष तथा भूतपूर्व सैनिक संघ गलकोट नगरपालिका–१० का कोषाध्यक्ष हवलदार गंगा बहादुर घर्ती पुनकी आमा भिमकुमारी घर्तीको पाँचौं दिनको पुण्यतिथिको अवसरमा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नं. १० वडा कार्यालय, पाण्डवखानी माध्यमिक विद्यालय, नवज्योति आधारभूत विद्यालय, न्यु घुम्टे एकेडेमी, महिला जागरण समूह, नेपाली कांग्रेस, घुम्टे खबर, पाण्डवखानी स्वास्थ्य चौकी, कालिका स्पोर्ट्स युथ क्लब सुनपानी, आमा समूह, टोल सुधार समिति सुनपानी तथा सामुदायिक वन सुनपानीलगायतका संस्थाहरूको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले स्वर्गीय भिमकुमारी घर्तीको निधनले समाजले एक असल, सरल र समाजप्रेमी अभिभावक गुमाएको बताउनुभयो । उहाँले स्वर्गीय घर्तीले परिवार मात्र नभई समाजमा समेत मार्गदर्शन दिने व्यक्तित्वका रूपमा भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो । साथै उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो ।
कार्यक्रम घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष दीप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वर्गीय भिमकुमारी घर्तीको गत फागुन २३ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.