रोट्रयाक्ट क्लब अफ गलकोटले गलकोट नगरपालिका वडा नम्बर ८ स्थित नवविहानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई स्विटर र टोपी प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका वडा नम्बर ८ का वडा सदस्य छमबहादुर गलामी र विद्यालयका प्रधानाध्यापक मनराज न्यौपानेले विद्यार्थीहरूको हितका लागि गरिएको यस पहलप्रति धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने गलकोट नगरपालिका वडा नं. ४, चमुवा निवासी तथा हाल जापानमा कार्यरत थमन सुवेदी, भूमि राज सुवेदीठिटो, ईश्वर सुवेदी, विष्णु सुवेदी र मोहन सुवेदीलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।
रोट्रयाक्ट क्लब अफ गलकोटका अध्यक्ष नविन सुवेदीको अध्यक्षता, क्लवका निवर्तमान अध्यक्ष लक्ष्मी पुनको स्वागत र सदस्य बलराम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्थानीय समुदाय र विद्यालयसँग सहकार्य गर्दै विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा सहजता ल्याउने उद्देश्यले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने क्लबले जनाएको छ ।


