Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

पाण्डवखानी माध्यमिक विद्यालयमा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

Advertisement

Advertisement

बागलुङ।
गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालयले शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयबाट हालै शिक्षक सेवाबाट अवकास लिनुभएका नन्दबहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीलाई सम्मान गर्दै सार्वजनिक रूपमा अभिनन्दन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तथा विद्यालयका संरक्षक निरज पुन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको अवसरमा रमुवादेखि विद्यालयसम्म बाजागाजासहितको सम्मान यात्रा निकालिएको थियो भने विद्यालय प्राङ्गणमा सम्मानित शिक्षकद्वयलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो।
सम्मान कार्यक्रममा वडा कार्यालयका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी, भूपू विद्यार्थी, आमा समूह, टोल सुधार समिति, नेपाल प्रहरी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अवकास प्राप्त शिक्षक नन्दबहादुर पुन बुढाले विद्यालयमा विज्ञान तथा गणित विषय अध्यापन गर्दै लामो समय शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउनुभएको थियो। यस्तै, गिरीप्रसाद थापा घर्ती सूचना अधिकारी तथा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत रहँदै विद्यालयको प्रशासनिक तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरज पुनले शिक्षकहरूको योगदानले विद्यालय मात्र होइन समग्र समाजको शैक्षिक उन्नयनमा टेवा पुगेको उल्लेख गर्नुभयो। उहाँले अवकासपछिको जीवन सुखद, स्वस्थ र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
सम्मानित शिक्षकद्वयले आफ्नो कार्यकालका अनुभव साझा गर्दै विद्यालय परिवार, सहकर्मी शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नवीन भावुकले गर्नुभएको थियो भने काशीराम विकले स्वागत मन्तव्य राख्नुभएको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.