Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोट–१० का स्व. धनबहादुर पुनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

Advertisement

Advertisement

गलकोट नगरपालिका–१०, पाण्डवखानी (तल्लो फुर्से) निवासी, भारतीय सेना अन्तर्गत ४ औँ आसाम राइफलबाट सेवा निवृत्त तथा पूर्व वडाध्यक्ष स्व. धनबहादुर पुनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। स्व. पुनको २०८२ साल माघ ५ गते, ९१ वर्षको उमेरमा आकस्मिक निधन भएको थियो।
स्व. पुन समाज, राजनीति तथा सांस्कृतिक क्षेत्रमा लामो समय सक्रिय रहनुभएका व्यक्तित्वका धनी थिए। उहाँ सिद्धथान सोरठी समूहका जेष्ठ सक्रिय सदस्य समेत हुनुहुन्थ्यो।
श्रद्धाञ्जली सभाको आयोजन गलकोट नगरपालिका–१०, घुम्टे खबर, पाण्डवखानी माध्यमिक विद्यालय, भूपु शैनिक संघ, न्यु घुम्टे एजुकेशनल एकेडेमी, नेपाली कांग्रेस वडा समिति लगायत विभिन्न संघ–संस्थाले संयुक्त रूपमा गरेका थिए।
सभामा स्व. पुनले समाज र समुदायको विकासमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले श्रद्धाञ्जली पत्र स्वर्गीय पुनको परिवारलाई हस्तान्तरण गरेका थिए।
समाप्तिमा स्व. धनबहादुर पुनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.