Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

निलुवा समाज पोर्चुगलद्वारा चमुवा आधारभूत विद्यालयका १५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Advertisement

Advertisement

बागलुङ — निलुवा समाज पोर्चुगलको पहलमा चमुवा आधारभूत विद्यालयमा अध्ययनरत १५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीलाई एक–एक थान झोला, मोजा, जुत्ता, विद्यालय पोशाक, कोलगेट, ब्रस तथा पेन्सिल प्रदान गरिएको थियो। विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास सुवेदीले निलुवा समाज पोर्चुगलप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “हाम्रो विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीलाई लक्षित गरी गरिएको यो सहयोग अत्यन्तै सराहनीय छ। यसले विद्यार्थीको पढाइमा थप हौसला र प्रेरणा प्रदान गरेको छ। विदेशमा रहेर पनि आफ्नो गाउँ–समाज र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनु प्रशंसनीय कार्य हो। यस्ता सहयोगले विद्यार्थीको भविष्य उज्यालो बनाउन ठूलो भूमिका खेल्नेछ।”
कार्यक्रममा विद्यालयका प्र. नविन सुवेदीको तर्फबाट पनि सहयोगकर्ताप्रति धन्यवाद व्यक्त गरिएको थियो। उहाँले यस्ता सहयोगले विद्यार्थीको आत्मविश्वास र सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
यसैगरी, निलुवा समाज पोर्चुगलका अध्यक्ष डिलाराम शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै सबै सहयोगी तथा सहभागीप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा शिक्षिका कल्पना गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक नवीन भट्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
विद्यार्थी लक्षित यस किसिमको सहयोगले स्थानीय तहमा शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको विद्यालय परिवार तथा अभिभावकले बताएका छन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.