Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक विजय

Advertisement

Advertisement

विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक पूर्ण सदस्य (फुल टेस्ट) टोलीविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ।

तीन खेलको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल भुर्तेलले २ तथा नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान १–१ विकेट लिए। वेस्ट इन्डिजका नभिन विदाइसी २२ रनसहित सर्वाधिक स्कोरर बने।

यसअघि ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३८, कुशल मल्लले ३० र गुल्सन झाले २२ रनको योगदान दिए।

वेस्ट इन्डिजका जेसन होल्डरले ४ र नविनले ३ विकेट लिए।

नेपालले सिरिजमा १–० को अग्रता बनाएको छ। दोस्रो खेल सोमबार र तेस्रो निर्णायक खेल मंगलबार हुनेछ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.