Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

Advertisement

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि हात पारेको हो।

प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल घोषित भएका छन्। रोहितले प्रतियोगिताभर २७६ रन बनाउनुका साथै १० विकेटसमेत लिँदै उत्कृष्ट प्रदर्शन गरे। यस उपलब्धिका लागि उनले ओमोडा कार पुरस्कार प्राप्त गरेका छन्। उनी प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित हुँदै पल्सर बाइक जित्न सफल भए।

रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भए। उनले प्रतियोगितामा १७ विकेट लिँदै संयुक्त रूपमा सर्वाधिक विकेट टेकर बने।

समग्र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए। उनले १५ विकेट लिँदै टोलीको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेलेका थिए। ट्रम्पलमनले यस उपाधिसँगै ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उनी फाइनल खेलका प्लेयर अफ द म्याचसमेत घोषित भए।

प्रतियोगिताको उत्कृष्ट बलर विराटनगरका सन्दीप लामिछाने घोषित भए। उनले पनि पल्सर बाइक पुरस्कार प्राप्त गरे।

लुम्बिनी लायन्सका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए भने प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनीका शेर मल्ल घोषित भए। शेर मल्लले पनि पल्सर बाइक पुरस्कार हात पारे।

एनपीएल सिजन–२ मा लुम्बिनी लायन्सले टोलीगत र व्यक्तिगत दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गर्न सफल भएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.