Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

बागलुङ महोत्सवमा पुरुष भलिबलको उपाधि होटल समिट धौलागिरीलाई

Advertisement

Advertisement

बागलुङ। बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत आयोजित गण्डकी प्रदेशस्तरीय पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले हात पारेको छ।

सोमबार बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा सम्पन्न फाइनल खेलमा होटल समिट धौलागिरीले गलकोट नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

फाइनल खेलमा होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जित्दै सशक्त सुरुवात गरेको थियो। तेस्रो सेट १७–२५ ले गुमाए पनि चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै होटल समिटले उपाधि सुरक्षित गर्‍यो।

उपाधि जितेसँगै होटल समिट धौलागिरीले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २ लाख १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको गलकोट नगरपालिकाले ट्रफी, मेडल, प्रमाणपत्रसहित १ लाख २१ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

यसैगरी, सोमबार नै भएको तेस्रो स्थानका लागि भएको खेलमा मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। तेस्रो हुने मेरो डेण्टल होमले ट्रफीसहित ४४ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने सान्त्वना स्थानमा रहेको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ।
भलिबल प्रतियोगिताका संयोजक अकिलबहादुर क्षेत्री (ध्रुव)का अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता उजागर गर्नुका साथै महोत्सवको आकर्षण बढाएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.