
गलकोट । बागलुङको गलकोट नगरपालिका–७ आँगाखेतमा जेष्ठ नागरिकहरूकाे बृद्वा भत्ता वितरण कार्यक्रमकाे अवसर पारेर स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नरेठाँटी स्वास्थ्य चौकीको आयोजना,श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र आँगाखेतको प्राविधिक सहयोग, र गलकोट नगरपालिका–२ नं वडा कार्यालय नरेठाँटीको समन्वयमा सम्पन्न गरिएको हो।
उक्त अवसरमा जम्मा ८७ जना जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा २० जनामा मोतिबिन्दु, १ जनामा जलबिन्दु, १ जनामा ब्लड सुगर, र ४६ जनामा उच्च रक्तचाप पत्ता लागेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
कार्यक्रमले जेष्ठ नागरिकहरूमा स्वास्थ्य सचेतना, नियमित स्वास्थ्य परीक्षणको महत्त्व र आँखा स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्य राखेको थियो।
प्राविधिक सहयोग र समन्वयका लागि श्री भैरव आँखा उपचार केन्द्र मल्म र गलकोट नगरपालिका–२ नं वडा कार्यालयलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।


