गलकोट–१० पाण्डबखानीमा महिला, स्वास्थ्यकर्मी र अन्य समूहका लागि १ दिने आँखा स्वास्थ्य तालिम सम्पन्न भएको छ। तालिम “प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको थियो।
तालिम नेपाल नेत्र ज्योति संघ, हिमालयन आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको आयोजना, महिला जागरण केन्द्र पाण्डबखानीको सह–आयोजना र आइ केयर फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रम महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुनको अध्यक्षता, वडा अध्यक्ष भक्तबहादुर काउचाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, नगर कार्यपालिकाका सदस्य रामप्रसाद विक, वरिष्ठ समाजसेवी मानसिह छन्त्याल, नेपाल नेत्र ज्योति संघ बागलुङका सभापति विन्दु सागर भण्डारी, गलकोट आँखा उपचार केन्द्रका संयोजक नारायण ध्वज मल्ल, हिमालयन आँखा अस्पताल पोखराका तालिम संयोजक गोविन्द नाथ योगी, धवलागिरी आँखा अस्पताल बागलुङका व्यवस्थापक विनम लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
स्वागत मन्तव्य पाण्डबखानी स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयंसेविका थममाया काउचाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव चन्द्रकुमारी श्रीस आशाले गर्नु भएको थियो। करिब ७० जनाको सहभागीता रहेको तालिममा सहभागीलाई प्रमाणपत्रसहित तालिम भत्ता रु. ५०० हस्तान्तरण गरिएको थियो। तालिम हिमालयन आँखा अस्पताल पोखराका गोविन्द नाथ योगीले प्रशिक्षण दिएका थिए।


