Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि ७ हजार बालबालिकालाई खोप लगाइने

Advertisement

Advertisement

बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका झण्डै ७ हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने भएको हो।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। हाल ५६ जना शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको छ भने उनीहरूमध्ये ३० जना अस्पतालमा उपचार गराइरहेका छन्।
डा. गौतमका अनुसार सङ्घ तथा प्रदेश कार्यालयबाट चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पुगेर दादुरा नियन्त्रणका लागि काम गरिरहेको छ। फागुनको पहिलो हप्तामा भारतबाट आएका एक जना सङ्क्रमित व्यक्तिबाट दादुरा फैलिएको पाइएको बताइएको छ।
दादुरा अत्यन्तै सङ्क्रामक रोग भएकाले एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्ममा सङ्क्रमण सार्न सक्ने भएकाले सावधानी अपनाउन तथा खोप अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.