Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

पाण्डवखानीमा किशोरकिशोरी लक्षित विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न

Advertisement

Advertisement

गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित स्वास्थ्य चौकीको आयोजनामा पाण्डवखानी माध्यमिक विद्यालयमा किशोरकिशोरी लक्षित विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
किशोरकिशोरीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले सहजीकरण गरेका थिए। कार्यक्रममा किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, व्यक्तिगत सरसफाइ, सन्तुलित पोषण, प्रजनन स्वास्थ्य, महिनावारी स्वास्थ्य व्यवस्थापन तथा लागूपदार्थ दुर्व्यसनका जोखिम र त्यसबाट जोगिने उपायबारे विस्तृत जानकारी दिइएको थियो।
स्वास्थ्यकर्मीहरूले किशोरावस्था संवेदनशील चरण भएकाले सही जानकारी र मार्गदर्शन आवश्यक हुने बताएका थिए। उनीहरूले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न, सन्तुलित आहार सेवन गर्न तथा आत्मविश्वास वृद्धि गर्न प्रेरित गरेका थिए। साथै, व्यक्तिगत सरसफाइमा ध्यान दिन र अस्वस्थ बानीव्यवहारबाट टाढा रहन आग्रह गरिएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट प्राप्त जानकारीले आफूहरूलाई व्यवहारिक रूपमा लाभ पुगेको प्रतिक्रिया दिएका थिए।
आयोजक स्वास्थ्य चौकीले यस्ता सचेतनामूलक कार्यक्रमले किशोरकिशोरीमा स्वास्थ्यसम्बन्धी जानकारी अभिवृद्धि गर्नुका साथै सकारात्मक व्यवहार विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.