Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोट नगरपालिकामा एक्स–रे प्रविधिबाट क्षयरोग खोजपडताल कार्यक्रम

Advertisement

Advertisement

क्षयरोग जस्तो दीर्घकालीन तर उपचार सम्भव

रोगलाई समयमै पहिचान गर्ने उद्देश्यले गलकोट नगरपालिकामा एक्स–रे प्रविधिबाट क्षयरोग खोजपडताल कार्यक्रम सञ्चालन गरिएको छ।
गलकोट नगरपालिकाको आयोजनामा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेशको समन्वयमा हटिया स्वास्थ्य चौकी, गलकोट नगरपालिका–३ मा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले क्षयरोग लुकेर फैलिन सक्ने रोग भएको बताउँदै समयमै जाँच र उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्ने बताउनुभयो। उहाँले यस्ता खोजपडताल कार्यक्रमले समुदायमा लुकेर रहेका क्षयरोगी पहिचान गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।
त्यसैगरी गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले धेरैजसो क्षयरोगी समयमै जाँच नगर्दा गम्भीर अवस्थामा पुग्ने गरेको बताउनुभयो। स्थानीय तहले समुदायमै पुगेर सेवा दिँदा नागरिकको जीवन जोगाउन सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा र गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले क्षयरोग नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममार्फत २ सय २४ जनाले निःशुल्क एक्स–रे सेवा लिएका थिए। प्रारम्भिक परीक्षणपछि शंकास्पद देखिएका १७ जनालाई थप परीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पठाइएको छ। तीमध्ये ३ जनामा क्षयरोग पुष्टि भएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर शाहले जानकारी दिनुभयो।
कार्यक्रम हटिया स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष टुक कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य तुलसी परियारले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट डिल्लीरमन पुनले गर्नुभएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.