Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

बागलुङमा एचआइभी संक्रमितको संख्या बढ्दै, सक्रिय संक्रमित २१५ पुगे

Advertisement

Advertisement

बागलुङमा एचआइभी संक्रमितको संख्या वर्षैपिच्छे बढ्दै गएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष १० जना थप नयाँ संक्रमित फेला परेका छन्। हाल जिल्लाभर २१५ जना सक्रिय संक्रमित रहेका छन्।

सबैभन्दा धेरै संक्रमित बागलुङ नगरपालिकामा ६१ जना भेटिएका छन् भने सबैभन्दा कम बरेङ र ताराखोला गाउँपालिकामा तीन–तीन जना मात्रै छन्।

त्यसैगरी काठेखोला गाउँपालिकामा २३, गलकोट नगरपालिका २५, जैमिनी नगरपालिका २२, बडिगाड गाउँपालिका १३, ढोरपाटन नगरपालिका १०, तमानखोला ५ र निसीखोला ५ जना संक्रमित रहेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए।

बागलुङमा बसोबास गर्ने अन्य जिल्लाका ३८ संक्रमितले पनि यहीँ उपचार सेवा लिइरहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

बालबालिका पनि प्रभावित

जिल्लामा ७ जना बालबालिका एचआइभी संक्रमित छन्। उनीहरूले धौलागिरी पोजिटिभ समूहमार्फत नियमित सेवा लिइरहेका छन्।

उपचार तथा सेवा उपलब्ध

संक्रमित पहिचानका लागि जिल्लाका स्वास्थ्य संस्थामा नियमित परीक्षण किट पठाइँदै आएको छ। एआरटी औषधि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ र बुर्तिबाङ अस्पतालबाट उपलब्ध गराइन्छ। धौलागिरी पोजिटिभ समूहले अस्पतालमा सेवा लिन आउने संक्रमितका लागि खाना–बस्नको सुविधा सहित हेरचाह केन्द्र सञ्चालन गर्दै आएको छ।

सामाजिक दृष्टिकोण चुनौती

समाजको हेर्ने दृष्टिकोणका कारण धेरै संक्रमितहरू अझै खुलेर जीवन जिउन नसकेको गुनासो उनीहरूले गर्ने गरेका छन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.