सुरेश छन्त्याल
गल्कोट–१०, पाण्डवखानी
पाण्डवखानी स्वास्थ्य चौकी अन्तर्गतका महिला स्वास्थ्य स्वयम्सेविकाहरूको मासिक बैठक शुक्रबार सम्पन्न भएको छ। ‘आजको विशेष’ कार्यक्रमअन्तर्गत बैठकमा रेविज (Rabies) रोगको जोखिम, लक्षण, बच्ने उपाय तथा रेविज खोपको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको स्वास्थ्य चौकीले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख रत्ना सुनारको विशेष उपस्थिति रहेको थियो।उहाँले कुकुरलगायत जनावर हरुले टोकेर सर्ने रेविज समयमै खोप नलगाइए ज्यानैघातक हुने भएकाले सतर्कता अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको थियो
रेविज रोगसम्बन्धी सचेतनामूलक अभिमुखीकरण अनमी हिरा काउचाले सञ्चालन गर्नुभएको थियो। साथै चौकीका अनुसार समुदायमा स्वास्थ्य सचेतना बढाउन स्वयम्सेविकाहरूको भूमिका प्रभावकारी भएकाले आगामी दिनमा यस्ता महत्वपूर्ण अभिमुखीकरण नियमित रूपमा सञ्चालन गरिने बताइएको छ ।


