काठमाडौँ — विश्व एड्स दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै छ।
राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्र (एनसीएआरसी) को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेका छन्।
केन्द्रका अनुसार १ सय २७ गर्भवती महिला एचआईभी संक्रमित भएको अनुमान गरिएको छ। औसतमा दैनिक एक जनाको ज्यान एचआईभी–एड्सका कारण जाने गरेको तथ्यांकले देखाउँछ।
सरकारी विवरणअनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २७९ जना छन्। तीमध्ये
पुरुष — १९ हजार २७९, महिला — १४ हजार त्यस्तै १ हजार ५८ जना बालबालिका एचआईभी संक्रमित रहेका छन्।
विशेषगरी असुरक्षित यौन सम्पर्क, संक्रमित व्यक्तिको रगत वा रगतजन्य पदार्थको प्रयोग, अङ्ग प्रत्यारोपण, साझा सुई प्रयोग तथा सङ्क्रमित आामाबाट बच्चामा सर्ने सम्भावना प्रमुख जोखिमका कारण भएकाले चिकित्सकहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।


